बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीभाइ घाइते
सुर्खेत, कात्तिक ६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते भएका छन्।आज (शनिबार) बिहान ११ बजेतिर बम...सुर्खेत, कात्तिक ६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते भएका छन्।
आज (शनिबार) बिहान ११ बजेतिर बम विस्फोट हुँदा घास काट्न गएका दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार घायते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैको अवस्था सामान्य छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३७ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंहबुधबार, वैशाख ५, २०८१
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुसबुधबार, वैशाख ५, २०८१
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्योबुधबार, वैशाख ५, २०८१
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनावबुधबार, वैशाख ५, २०८१