Kathmandu Press

उत्तर चीनको रासायनिक भट्टी विष्फोट हुँदा चार जनाको मृत्यु, तीन घाइते

ओहोट, कार्तिक ६ : उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने...
उत्तर चीनको रासायनिक भट्टी विष्फोट हुँदा चार जनाको मृत्यु, तीन घाइते

ओहोट, कार्तिक ६ : उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

उक्त विष्फोट राति ११ः०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ।

दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ।

 

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्