Kathmandu Press

मैत्रीपूर्ण खेलमा इण्डोनेसियासँग नेपाल पराजित 

काठमाडौं, कात्तिक ५ : एएफसी यू– २३ एसियन कप छनोट प्रतियोगिता अन्तर्गत मैत्रीपूर्ण खेलमा नेपाल इण्डोनेसियासँग पराजित भएको छ ।ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा...
मैत्रीपूर्ण खेलमा इण्डोनेसियासँग नेपाल पराजित 

काठमाडौं, कात्तिक ५ : एएफसी यू– २३ एसियन कप छनोट प्रतियोगिता अन्तर्गत मैत्रीपूर्ण खेलमा नेपाल इण्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू– २३ टोली इण्डोनेसियाको यू– २३ टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इण्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति: २१:१९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्