Kathmandu Press

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट रावलले दिए राजीनामा

काठमाडौं, कात्तिक ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन्। १० बुँदे सहमति कार्यान्वयनको संयोजकबाट राजीनामा दिएका छन्। शुक्रबार बसेको...
१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट रावलले दिए राजीनामा

काठमाडौं, कात्तिक ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनको संयोजकबाट राजीनामा दिएका छन्। 

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा उाले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयोजक पदबाट राजीनामा दिएका हुन्।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयनको नगर्ने दिशा तर्फ अघि नबढेको भन्दै आफुले राजीनामा दिएको बताए।

स्थायी कमिटीको बैठकपछि उपाध्यक्ष रावलले भने, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ।’

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्