रुसको कारखानामा आगलागी, मृत्यु हुनेको संख्या १५ पुग्यो

मस्को, कात्तिक ५ : रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदार थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ। 

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ। विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ। घटनाको कारण अझै पत्ता लागेको छैन। 

 Published Date: Friday, 22nd October 2021 6:01:00 pm