Kathmandu Press

कुलमान भन्छन् : दैनिक ४/५ सय मेगावाट बिजुली खेर गइरहेकाे छ

कुलमान भन्छन् : दैनिक ४/५ सय मेगावाट बिजुली खेर गइरहेकाे छ
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ५ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पहिलो कार्यकालमा कसरी विद्युत् उत्पादन बढाउने र लोडसेडिङ घटाउने भन्ने समस्या भए पनि अहिले त्यसको ठीक उल्टो कसरी विद्युत् खपत गराउने भन्ने रहेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको आज (शुक्रबार) सुरु भएको अधिवेशनको उद्घाटनमा बोल्दै घिसिङले  पछिल्लो वर्षमा विद्युत खेर जाने अवस्थाको अनुमान गरेर सोही बमोजिम आवश्यक काम हुन नसक्दा खपतको समस्या आएको स्पष्ट पारे।

उनले यतिखेर नेपालमा दसैंका कारण विद्युत खपत पनि घटेको र विहारमा पनि विद्युत खपत घट्दा धेरै बिजुली निर्यात हुन नपाइरहेको बताए। दैनिक ४ देखि ५ सय मेगावाट बिजुली खेर गइरहेको उनले जानकारी दिए। 

रातरात विद्युत खपत बढाउन असम्भव भए पनि सम्भावित क्षेत्रमा बिजुली दिएर माग बढाउने प्रयास पधिकरणले गरिरहेको घिसिङको भनाइ थियो। अहिले १,६०० मेगावाटसम्म बिजुली माग हुन थालेको उल्लेख गर्दै घिसिङले उद्योगहरुलाई मागअनुसार बिजुली दिन थालिएको जानकारी दिए।

उनका अनुसार देशभित्र विद्युत् खपत बढाउन इन्डक्सन चुलोको प्रयोग बढाउने, विद्युतीकरण फैलाउने योजनाका साथ प्रधिकरणले काम गरिररहेको छ।

प्रसारणलाइन सदृढीकरणको काम भइरहे पनि कतै स्थानीयको अवरोध र कतै अदालतको आदेशका कारण काम रोकिँदा समस्या आएको स्पष्ट पादैृ त्यस्ता समस्या समाधानका लागि प्रयत्न भइरहेको उनले बताए।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्