Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु  

काठमाडौं, कात्तिक ५ : बर्दिया र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु  भएको छ।बर्दियाको बाँसगढी नगरपालिका–५ प्रगतीनगरस्थित सडकमा  भे।१ ह। ५१६० नम्बरको ई–रिक्साको ठक्करबाट...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु  

काठमाडौं, कात्तिक ५ : बर्दिया र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु  भएको छ।

बर्दियाको बाँसगढी नगरपालिका–५ प्रगतीनगरस्थित सडकमा  भे।१ ह। ५१६० नम्बरको ई–रिक्साको ठक्करबाट बाँसगढी नगरपालिका–५ बस्ने भीमप्रसाद काफ्लेको छोरा ३ वर्षीय अभिष काफ्लेको बिहीबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारी चोकस्थित सडकमा अनटेष्ट लेखिएको स्कुटर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक झापा दमक नगरपालिका–१ बस्ने २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको छ।

दुर्घटना गम्भीर घाइते भएकी उनको  जिल्ला अस्पताल इनरुवा हुँदै न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा स्कुटरमा सवार झापा बुद्दशान्ती गाउँपालिका(१ बस्ने २७ वर्षीया रेनु गुरुङ सामान्य घाइते भएकी छन्। 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्