Kathmandu Press

किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं, कात्तिक ५ : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय...
किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं, कात्तिक ५ : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्