Kathmandu Press

मानव समुदायमा शिक्षाको विकास आवश्यक : अध्यक्ष यादव

मानव समुदायमा शिक्षाको विकास आवश्यक : अध्यक्ष यादव

राजविराज कात्तिक ४ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताएका छन्।

सप्तरीको महदेवा गाउँपालिकास्थित बथनाहामा नवनिर्मित विद्यालय भवनको आज उदघाट्न गर्दै उनले मानिसलाई अहिलेको अवस्थामा मुल शिक्षा नै भएकाले शिक्षाबाट वञ्चित भएका मानिस गरिबीको महामारीमा फसिने गरेको बताए।

शिक्षा क्षेत्रको विकास भएपछि देशको उन्नतिसमेत हुने उनको भनाइ थियो। शिक्षित भएको ठाउँमा हरेक क्षेत्रको विकास भइरहेका विद्यालयमा भवन बनेर मात्र हुँदैन गुणस्तरीय शिक्षा हुनुपर्ने उनले बताए। दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्दै उनले दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पुर्‍याएको सुनाए।

प्रकाशित मिति: २१:१६ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्