Kathmandu Press

राष्ट्रपति सीद्वारा न्यूजील्याण्डका नयाँ गभर्नर जनरल किरोलाई बधाइ व्यक्त

राष्ट्रपति सीद्वारा न्यूजील्याण्डका नयाँ गभर्नर जनरल किरोलाई बधाइ व्यक्त
Hardik ivfHardik ivf

बेइजिङ, कार्तिक ४ : चिनियाँ राष्ट्रपति सी चीनफिङले बिहीबार सिन्डी किरोलाई न्यूजील्याण्डको नयाँ गभर्नर जनरलको रूपमा पदभार ग्रहण गरेकोमा बधाइ दिएका छन्।

बधाइ सन्देशमा राष्ट्रपति सीले चीन र न्यूजील्याण्ड एक अर्काका लागि महत्वपूर्ण साझेदार भएको बताएका छन्। 

विगत चार वर्षदेखि दुई देशले कूटनीतिक सम्बन्ध स्थापित गरेपछि चीन  र न्यूजील्याण्ड बीचको सम्बन्धमा उल्लेखनीय विकास भएको छ र द्वीपक्षीय सहयोगमा सुधार आएको छ।

कोभिड १९ महामारीको सामना गर्दै चीन र न्यूजील्याण्डले प्रकोपको रोकथाम तथा नियन्त्रण र आर्थिक सुधार जस्ता क्षेत्रमा लिइएको रणनीति प्रभावकारी रहेको राष्ट्रपति सीले बताएका छन्। 

उक्त बधाइ सन्देशमा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धको विकासलाई महत्त्व दिदै नयाँ गभर्नर किरोसँग मिलेर पारस्परिक सम्मान, आपसी हित र जितको नतिजाको सिद्धान्तलाई कायम राख्न, संवाद, सञ्चार र सहयोगलाई बलियो बनाउन र चीनलाई अगाडि बढाउन इच्छुक रहेको विचार व्यक्त गरेका छन्।

चीन र न्यूजील्याण्ड बृहत रणनीतिक साझेदारीलाई अझ धेरै उपलब्धि उन्मुख बनाउँनका लागि थप अगाडि बढाउन दुवै देश तत्पर रहनुपर्ने विचार राष्ट्रपति सीले व्यक्त गरे।

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्