Kathmandu Press

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रम अगाडि बढाइनेछ : प्रधानमन्त्री देउवा

बझाङ, कात्तिक ४ : बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन्। सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको...
उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रम अगाडि बढाइनेछ : प्रधानमन्त्री देउवा
बाढीपहिरोको क्षतिबारे बझाङको चैनपुरमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा।

बझाङ, कात्तिक ४ : बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन्। 

सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए। 

उक्त मागपत्रबारे प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताए। 

थलारामा अवतरण हुन सकेन हेलिकोप्टर 

बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङको थलारा गाउँपालिका–४ डिख्ला जाने कार्यतालिका रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन सकेन। 

प्रधामन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे जानकारी लिए। प्रधानमन्त्रीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी थिए। 

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्