Kathmandu Press

विश्वासको मत प्रस्तावमाथिकाे छलफलपछि वागमती प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १० मा

काठमाडौं, कात्तिक ४ : वागमती प्रदेशसभाको आज (बिहीबार) को बैठक कात्तिक १० सम्मका लागि स्थगित गरिएको छ। सभामुख सानुकुमार श्रेष्ठले यही कात्तिक १० गते...
विश्वासको मत प्रस्तावमाथिकाे छलफलपछि वागमती प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १० मा

काठमाडौं, कात्तिक ४ : वागमती प्रदेशसभाको आज (बिहीबार) को बैठक कात्तिक १० सम्मका लागि स्थगित गरिएको छ। सभामुख सानुकुमार श्रेष्ठले यही कात्तिक १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

मुख्यमन्त्री शाक्यको विश्वासको मतमाथि मतदान नगरी बैठक स्थगित स्थगित भएको हो। आजको बैठकमा शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको थियो। 

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सदनमा प्रस्तुत गरेको विश्वासकोे मत लिने प्रस्तावमाथि छलफल भएको थियो। उनले यसअघि गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्। 

 

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्