Kathmandu Press

६४ दिनमा धेरै राम्रा कामहरूको थालनी भएको मुख्यमन्त्री शाक्यको दाबी

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू ६४ दिन मुख्यमन्त्री रहेको अवधिमा धेरै राम्रा कामहरूको थालनी भएको दाबी गरेकी छन्। आज (बिहीबार)...
६४ दिनमा धेरै राम्रा कामहरूको थालनी भएको मुख्यमन्त्री शाक्यको दाबी

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू ६४ दिन मुख्यमन्त्री रहेको अवधिमा धेरै राम्रा कामहरूको थालनी भएको दाबी गरेकी छन्। 

आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा बोल्दै उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि मन्त्रीको आचारसंहिता लागू गरेको बताइन्।

चालू आर्थिक वर्षका लागि २८ कार्यविधि स्वीकृत भएको उल्लेख गर्दै उनले प्रदेशका लागि स्वास्थ्य संरचना बनाइएको र पाँच वटा नियमावली निर्माण गरेको बताइन्।


मेलम्ची, हेलम्बु र दोलखा लगायतका क्षेत्रमा आएको बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनाका लागि ९० लाख उपलब्ध गराएको, बाढीपहिरो, भूकम्प पूर्वानुमान गर्ने व्यवस्था गरेको मुख्यमन्त्री शाक्यले सुनाइन्।

वाग्मतीमा चालू खर्च १८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै सबैभन्दा कम बेरुजु भएको प्रदेश बनाउन सफल भएको उनले बताइन्।

उनले सार्वजनिक खर्चको मितव्ययितामा ध्यान दिइएको, महँगी र कालोबजारी नियन्त्रणमा ल्याइएको, बिउबिजनसम्बन्धी निर्देशिका तयार भएको, विद्युतीय बस सञ्चालनका लागि जग्गा छनोट गरि चार्जिङ स्टेसन निर्माण अघि बढाइएको दाबी उनले गरिन्।

वाग्मतीलाई साक्षर प्रदेश घोषणा गर्न सफल भएको सुनाउँदै शाक्यले आफ्नो नेतृत्वमा समाजवाद उन्मुख कार्यक्रमको खाका तयार पारिएको बताइन्।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्