Kathmandu Press

वाग्मती प्रदेशसभा बैठक सुरु

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशसभा बैठक सुरु भएको छ। मकवानपुरको हेटौंडास्थित प्रदेशसभा भवनमा सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरू गरेका हुन्। आज (बिहीबार) दिउँसो १...
वाग्मती प्रदेशसभा बैठक सुरु
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशसभा बैठक सुरु भएको छ। मकवानपुरको हेटौंडास्थित प्रदेशसभा भवनमा सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरू गरेका हुन्। 

आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेका सांसदहरू उपस्थित हुन नसकेपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। सो समयमा पनि बैठक सुरू हुन नसकेपछि एक घन्टा ढिलो गरी ४ बजे सुरु भएको हो। 

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको छ। यसअघि गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै आज (कात्तिक ४ गते) बैठक बस्ने गरी बैठक स्थगित गरिएको थियो।

विश्वासको मत लिने प्रयोजनका लागि आजको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको जनाइएको छ। 

एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) लाई वाग्मतीका १३ सांसदले रोजेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो। उनले आफूमाथि संसदको विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन्। उनी भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी थिइन्। 

वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन्। एमाले एक्लैसँग ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाका एक गरी ५९ सांसद छन्।

यस्तै, विवेकशील साझाका तीन, नेमकिपाका दुई र राप्रपाका दुई सांसद छन्। सभामुखसहित १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमत हासिल गर्न ५५ सांसद भए पुग्छ।

विवेकशील साझा, नेमकिपा र राप्रपाका सात जना सांसदले मुख्यमन्त्री शाक्यलाई मत दिँदा पनि ५० सांसद मात्र हुन्छन्। त्यसैले विपक्षी गठबन्धन स्पष्ट बहुमतमा छ।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्