Kathmandu Press

बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २६ जना बेपत्ता

गृह मन्त्रालयका अनुसार विगत केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ७७ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । यस्तै २२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, कात्तिक ३ : अविरल वर्षाका कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार विगत केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ७७ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । यस्तै २२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले विपद्का घटनामा परी ज्यान गुमाउनेहरु प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली तथा परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद् प्रभावितहरुको खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा गरिरहेको समेत मन्त्रालयले जानकारी गराएको छ । मौसमको प्रतिकुलताका बीच आज बझाङ, धनकुटा, इलाम, पाँचथर लगायतका जिल्लाहरुबाट नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार र राहत सामग्रीको ढुवानी समेत मन्त्रालयले गरेको छ ।

खोज तथा उद्धार र राहतको कार्यलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको हेलिकप्टरको अतिरिक्त आवश्यकतानुसार निजी क्षेत्रको हेलिकप्टर समेत प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्