Kathmandu Press

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

इनरुवा, कात्तिक ३ : आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीनजनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।मृत्यु हुनेमा धरान–६...
बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

इनरुवा, कात्तिक ३ : आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीनजनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

त्यसैगरी बाढीमा परेर ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

बेपत्ताहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्