Kathmandu Press

मुस्ताङ र मुगुमा कोरोना सङ्क्रमित शून्य

काठमाडौं, कात्तिक ३ : नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा मुस्ताङ र मुगु जिल्लामा भने कोरोना सङ्क्रमित शून्य देखिएको छ।स्वास्थ्य...
मुस्ताङ र मुगुमा कोरोना सङ्क्रमित शून्य

काठमाडौं, कात्तिक ३ : नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा मुस्ताङ र मुगु जिल्लामा भने कोरोना सङ्क्रमित शून्य देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज (बुधबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ती जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको बताए।

५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका उनले जानकारी दिए। मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की छन् ।

आज मात्रै ९ हजार ८०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८५ लाख ६८ हजार २६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ पूर्ण मात्राको खोप लगाइसकेका छन्।

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्