Kathmandu Press

२४ घण्टायता विराटनगरमा ३२३, धनगढीमा १३७.४ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा दिपायलमा ९०.५, डडेलधुरामा ८३.०, धनगढीमा १३७.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
२४ घण्टायता विराटनगरमा ३२३, धनगढीमा १३७.४ मिलिमिटर वर्षा
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ३ : भारतको बिहार र उत्तर प्रदेश आसपास रहेकाे न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण विगत एक सातादेखि देशभर वर्षा भइरहेको छ ।

जल विज्ञान तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी र मध्य उच्च हिमाली क्षेत्रको केहि स्थानहरुमा र पश्चिमी उच्च हिमाली क्षेत्रको केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेकोे छ ।

बुधबार बिहान ८ः४५ बजेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दिपायलमा ९०.५, डडेलधुरामा ८३.०, धनगढीमा १३७.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगरमा ७.३, नेपालगञ्जमा २३.५, जुम्लामा ६.७, घोरहीमा ६८.४, पोखरामा ६३.०, भैरहवामा ४.५ र सिमरामा ३२.० मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा ६.६, ओखलढुंगामा ६९.८, ताप्लेजुङमा ५४.५, धनकुटामा १६३.०, विराटनगरमा ३२३.० र जनकपुरमा ११६.३ मिलिमिटर वर्षा भएको भएकोे छ ।

यस्तै, आगामी तीन दिन (शुक्रबारसम्म) को मौसम पूर्वानुमानअनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्