Kathmandu Press

च्याम्पियन्स लिग : मेसी चम्किँदा पिएसजी विजयी, सख्तर डोनेस्कमाथि रियलको सहज जित

काठमाडौं, कात्तिक ३ : लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा पिएसजी विजयी भएको छ। मंगलबार राति भएको खेल मेसीले २ गोल गरेपछि...
च्याम्पियन्स लिग : मेसी चम्किँदा पिएसजी विजयी, सख्तर डोनेस्कमाथि रियलको सहज जित

काठमाडौं, कात्तिक ३ : लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा पिएसजी विजयी भएको छ। मंगलबार राति भएको खेल मेसीले २ गोल गरेपछि पिएसजीले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२को रोमाञ्चक जित निकाल्यो।

पिएसजीको जितमा मेसीले दुई गोल गर्दा केलियन एमबाप्पेले एक गोल गरे। यता लेइपजिगका न्द्रे सिल्भा र नोर्डी मुकिलीले गोल गरेका थिए।

खेलको नवौं मिनेटमा एमबाप्पेको गोलमा पिएसजीले अग्रता लियो। २८औं मिनेटमा सिल्भाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १–१को बराबरीमै सकियो।

५७औं मिनेटमा नोर्डीले गोल गर्दै लेइपजिगलाई २–१ को अग्रता दिलाए । तर, ६७औं र ७४औं मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाए। इन्जुरी समयमा पिएसजीले पेनाल्टी पाएपनि गोल गर्न सकेन । एम्बाप्पेको प्रहार लेइपजिगका गोलकिपरले रोकेका थिए।

यस्तै, समूह एकै अर्को खेलमा म्यान्चेस्टर सिटीले क्लब ब्रुगमाथि ५–१को सहज जित निकाल्यो। सिटीको जितमा रियाद महारेजले २ गोल गर्दा जोआ क्यान्सेलो, कायल वाकर र कोल पाल्मर समान १ गोल गरे। क्लब ब्रुगका हान्स भानकेनले गोल गरेका थिए।

जिपतपछि पीएसजी तीन खेलमा सात अंक जोडेर समूह एको शीर्ष स्थानमा छ। सिटी ६ अंकसहित दोस्रो स्थानमा रहँदा १ अंक जोडेको क्लब ब्रुग तेस्रो र अकंबिहीन लेइपजिग पुछारमा छ।

यसैगरी च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ। मंगलबार राति किभमा भएको खेलमा ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले २ गोल गरेपछि रियलले युक्रेनी क्लब सख्तर डोनेस्कमाथि ५–०को सहज जित निकाल्यो।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने रोड्रिगो र करिम बेन्जिमाले एकरएक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको ३७औं मिनेटमा  साख्तरका सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले अग्रता बनाएको थियो। पहिलो १–०मै सकिएको खेलमा दोस्रो हाफमा रियलले थप ४ गोल गरेको थियो।

त्यसपछि ५१औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै भिनिसयसले रियलको अग्रता दोब्बर बनाए । ५६औं मिनेटमा भिनिसियसले नै गोल गर्दै रियललाई ३–०को अवस्थामा ल्याए। त्यसपछि ६४औं मिनेटमा रोड्रिगो र इन्जुरी टाइममा बेन्जिमाले गोल गरेपछि रियल ५–०ले विजयी भयो।

समूह बी कै अर्को खेलमा इन्टर मिलान विजयी भयो। उसले माल्दोभाको क्लब सेरिफलाई ३–१ले हरायो । इन्टरका लागि इडेन जेको, अर्टुरो भिडाल र स्टेफन डि भर्जले गोल गरेका थिए। सेरिफका सेवास्टियन थिलले गोल गरेका थिए।

दोस्रो जितपछि रियल समूह बी मा ६ अंक जोडेर दोस्रो स्थानमा छ भने साख्तर डोनेस्क एक अंक जोडेर पुछारमा रहेको छ । हारपछि पनि सेरिफ ६ अंकसहित शीर्ष स्थानमै छ रहँदा ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०९:२१ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्