Kathmandu Press

फुटबलको राष्ट्रिय टोलीलाई कुश्मा नगरपालिकाद्वारा २ लाख पुरस्कार घोषणा

पर्वत, कात्तिक ३१ : साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ। नगरप्रमुख रामचन्द्र जोशीले...
फुटबलको राष्ट्रिय टोलीलाई कुश्मा नगरपालिकाद्वारा २ लाख पुरस्कार घोषणा

पर्वत, कात्तिक ३१ : साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ। नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टिमलाई पुरस्कारस्वरुप उक्त रकम दिने घोषणा गरेका हुन्।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले भने। खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकूद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए। 

सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताए। नगरपालिकाले छिट्टै नगरसमिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्‍याउने जोशीले बताए। 
 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्