Kathmandu Press

साफ च्याम्पियनसिपमा इतिहास बनाउन चुक्यो नेपाल

शनिबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलका साफका सर्वाधिक सफल टिम भारतसँग ३-०ले पराजित हुँदै नेपाल उपाधिबाट वञ्चित भएको हो।
साफ च्याम्पियनसिपमा इतिहास बनाउन चुक्यो नेपाल
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज ३१ : साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाल उपाधिबाट वञ्चित भएको छ। शनिबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलका साफका सर्वाधिक सफल टिम भारतसँग ३-०ले पराजित हुँदै नेपाल उपाधिबाट वञ्चित भएको हो।

यता, भारतको यो आठौं उपाधि हो । उसले प्रतियोगिताका १३ संस्करणमध्ये १२ फाइलन खलेको छ। भारी वर्षाबीच भएको फाइनलमा नेपालले पहिलो हाफमा भारतलाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ३ गोल गर्दै भारतले उपाधिमाथि कब्जा जमायो।

भारतका लागि सुनील क्षेत्रीले ४९औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए। नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो ।

पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको छ ।

यो नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको नेपालका लागि अन्तिम खेल हो। उनले नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेलगत्तै प्रतियोगितापछि राजिनामा दिन घोषणा गरेका थिए । र, उनी माल्दिभ्सबाटै कुवेत फर्कने छन्।

 

प्रकाशित मिति: ०५:५९ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्