Kathmandu Press

धारिलो हतियार देखाएर सहिद परिवारका घरमा लुटपाट

धारिलो हतियार देखाएर सहिद परिवारका घरमा लुटपाट
Hardik ivfHardik ivf

जलेश्वर, असोज २३ : डाँकाको एक समूहले शनिबार बिहान सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटपाट गरेको छ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार/पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र २५ हजार रुपैयाँ लुटेका हुन् ।

धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौंमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । 

लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर  घाइते बनाएका थिए। जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएको र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। 
 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्