Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

काठमाडौं, असोज १२ : ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

निरज र उनकै पत्नी ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले जबरजस्ती करणीसमेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो।     

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्