Kathmandu Press

बागलुङका चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत

बागलुङ, असोज १० : बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई  सर्वसम्मत चयन गरेको छ। शनिबार सुरु भएको अधिवेशनमा आज बिहानसम्म निसीखोला,...
बागलुङका चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत
Hardik ivfHardik ivf

बागलुङ, असोज १० : बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई  सर्वसम्मत चयन गरेको छ। शनिबार सुरु भएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिए। 

बरेङ र बडिगाड गाउँपालिका  तथा बागलुङ, गलकोट  र ढोरपाटन नगरपालिकामा आज बिहानदेखि निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको निर्वाचन समितिले जनाएको छ।  शनिबार भएको अधिवेशनमा निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृत प्रेमबहादुर रोकाका अनुसार उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमान बुढा र धनबहादुर खत्री, सहसचिवमा मिलन कार्की र शेरबहादुर विक निर्वाचित भएका हुन्।

मानखोलाको सभापतिमा लीलाकुमार छन्त्याल उपसभापतिमा खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिवमा तेजेन्द्रकुमार पुन र अनिस सिर्पाली तथा सहसचिवमा लीला छन्त्याल र प्रेमबहादुर पुनमगर चयन भएका निर्वाचन अधिकृत बसन्त घर्ती मगरले जानकारी दिए।

यसैगरी ताराखोला गाउँपालिकाको पार्टी सभापतिमा कमलापति पाठक,  उपसभापतिमा आशिकला घर्ती  मगर र श्यामभक्त कँडेल, सचिवमा  खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा निर्वाचित भएका छन्। 

काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल, उपसभापतिमा गौरीशङ्कर शर्मा र खडकबहादुर कार्की, सचिवमा देवेन्द्र खड्का र चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापालगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ। रासस
 

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्