Kathmandu Press

१७ केजी गाँजासहित महिला पक्राउ

मोरङ, असोज १० : विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ वर्षीया आरतीदेवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको घरमा...
१७ केजी गाँजासहित महिला पक्राउ

मोरङ, असोज १० : विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ वर्षीया आरतीदेवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा लागूऔषध लुकाइराखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्