Kathmandu Press

मृत अवस्थामा चारजना फेला 

काठमाडौं, असोज १० : मुलुकका विभिन्न स्थानमा चारजना मृत अवस्थामा भेटिएका छन्।ललितपुर महानगरपालिका-८ कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण...
मृत अवस्थामा चारजना फेला 
Hardik ivfHardik ivf

काठमाडौं, असोज १० : मुलुकका विभिन्न स्थानमा चारजना मृत अवस्थामा भेटिएका छन्।

ललितपुर महानगरपालिका-८ कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण अवा आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेका छन्। 

सुनसरीको दुहबी नगरपालिका-१२ बुगडहरीस्थित खहरे खोलाको कल्भर्टमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सुनिल चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन्। 

सप्तरीको रुपनी गाउँपालिका-१ स्थित खाडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।  

सर्लाही, मलंगवा नगरपालिका-७ गणेशियास्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्