Kathmandu Press

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

सोलुखुम्बु, असोज १० : नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ। शिक्षक...
कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय
Hardik ivfHardik ivf

सोलुखुम्बु, असोज १० : नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ। शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने बताए। 

कांग्रेसका नेताबाट शिक्षकमाथि गालीगलौजका साथै मुद्दा हाली तारेख खेपाउन उद्दत देखिएकाले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई यथोचित कारवाहीको माग गरिएको छ। विगतदेखि नै देशका सबै जिल्लामा शिक्षक क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित हुँदै आएको र सोही अनुसार जिल्लामा समेत निर्वाचित भएको भन्दै शिक्षा ऐन २०२८ को दफा १६ ९ङ० को ९छ० ले समेत कार्यकारिणी पदबाहेकमा बन्देज नगरेको दाबी गरिएको छ।

क्षेत्रीय प्रतिनिधि कार्यकारिणी नभए पनि निम्छारो शब्द प्रयोग गरी आम शिक्षकको मानमर्दन हुने गरी पेशागत मर्यादालाई नजर अन्दाज गरिएको विज्ञप्तिमा उल्लेख छ। जिल्लाबाट करिब ३० जना शिक्षक तथा निजामती कर्मचारी क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन्। तीमध्ये रिट परेका पाँच जना प्रतिनिधिविरुद्ध उच्च अदालत विटराटनगर अस्थायी इजलास ओखलढुङ्गाले शुक्रबार अल्पकालीन आदेश जारी गर्दै राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नगर्न नगराउन भनेको छ। 

जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ मिलन बस्नेतद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायधीश ठाकुरप्रसाद शर्मा पौडेलको इजलाशले अल्पकालीन आदेश जारी गरेको हो। जिल्लाभरि चार शिक्षक र एक निजामती कर्मचारी मात्रै क्षेत्रीय प्रतिनिधि नभइ करिब ३० भन्दा बढी निर्वाचित भएका सन्दर्भमा अदालतको आदेशपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ। 
 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्