Kathmandu Press

इपिएलमा चितवनको विजयी सुरुआत

काठमाडौं, असोज १० : कीर्तिपुरस्थित टियू मैदानमा जारी चैथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले विजयी सुरुआत गरेको छ।  आइतबार भएको पहिलो खेलमा...
इपिएलमा चितवनको विजयी सुरुआत

काठमाडौं, असोज १० : कीर्तिपुरस्थित टियू मैदानमा जारी चैथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले विजयी सुरुआत गरेको छ।  आइतबार भएको पहिलो खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टायायो। उसका लागि राजेश पुलामी मगरले सर्वाधिक ४३ रन बनाए। नटआउट रहेका उलने ३९ बलमा समान २ चौका र छक्का प्रहार गरे।

यस्तै, भीम सार्कीले ११ बलमा ५ चौका १ छक्का प्रहार गर्दै ३० रन बनाउँदा दिलिप नाथले २३ र करिम जन्नतले १९ रन बनाए। विराटनगरका सिकन्दर राजा र करण केसीले समान २ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले जिम्बावेका पूर्वकप्तान सिकन्दर राजाको अर्धशक मद्दतमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन बनायो । 

विराटनगरका लागि राजाले ४७ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन बनाए । यस्तै सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रन बनाए। यस्तै, अनिल साहले ३२ रन बनाउँदा आसिफ शेख शून्य रनमा आउट हुँदा हेमराज चन्द्रपालले २ रन मात्र बनाउन सके। 

चिवतका लागि सागर ढकाल, सोमपाल कामी, कमलसिंह ऐरी र करिम जन्नतले मासन २ विकेट लिए । सागरले ३ ओभरमा १४, कमलले ४ ओभरमा १९, करिम जन्नतले ४ ओभरमा ३२ र सोमपालले ४ ओभरमा ३४ रन खर्चिए।


 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्