Kathmandu Press

पानीमा डुबेर बर्दिया, सप्तरी र ललितपुरमा चारजनाको मृत्यु

काठमाडौं, असोज १० : बर्दियाको बारबर्दिया नगरपालिका–९ बनगाईस्थित बवई सिँचाइको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय विशाल थारु र २१...
पानीमा डुबेर बर्दिया, सप्तरी र ललितपुरमा चारजनाको मृत्यु

काठमाडौं, असोज १० : बर्दियाको बारबर्दिया नगरपालिका–९ बनगाईस्थित बवई सिँचाइको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय विशाल थारु र २१ वर्षीय सुरेश थारुको शनिबार दिउँसो मृत्यु भएको छ। 

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महान्द शरदारको छोरा अन्दाजी २ वर्षीय राम पुकार सरदारको आफ्नै घर पछाडी रहेको पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ।

खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

ललितपुरको ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित पोखरीमा डुबेर काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने धादिङ घर भएकी  मनिका बोहोराको छोरा ४ वर्षीय अमन बोहोराको शनिबार साँझ मृत्यु भएको छ।

खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्