Kathmandu Press

कांग्रेसले थप ५ जिल्लाका क्रियाशील सदस्य टुंग्यायो, अझै ८ जिल्लाको बाँकी

कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।
कांग्रेसले थप ५ जिल्लाका क्रियाशील सदस्य टुंग्यायो, अझै ८ जिल्लाको बाँकी
congress

काठमाडौं, असोज ९ : कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सिरहा, महोत्तरी, बाँके, डोल्पा र सुर्खेतको क्रियाशील विवाद टुंग्याएर अनलाइनमा प्रकाशित गरिएको काठमाडौं प्रेसलाई जानकारी दिए । उनका अनुसार अब ८ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक हुन बाँकी छ ।

अब पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, कैलाली र रसुवाको मात्र क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । निर्वाचन समितिका संयोजक यादवले काठमाडौं प्रेसलाई बताएअनुसार कैलालीको पनि लगभग फाइनल भएको छ, अरू टुंग्याउन बाँकी जिल्लाहरूको पनि भोलि या पर्सिसम्ममा टुंगिने छ ।

वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामध्ये अधिका‌शंमा आज पालिका अधिवेशनसमेत सम्पन्न भइसकेको छ । यसअघि कांग्रेसले हिमाली २१ जिल्लाबाहेक अन्य जिल्लामा दशैँ पछाडि मात्र क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: २१:०५ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्