Kathmandu Press

सातमहिने शिशु र युवकको शव फेला

सर्लही, असोज ९ : सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा...
सातमहिने शिशु र युवकको शव फेला

सर्लही, असोज ९ : सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो।

आज बिहान करिब १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो।

दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन। दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ। दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:१० बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्