Kathmandu Press

प्रधानसेनापति–चिनियाँ राजदूत भेट

काठमाडौं, असोज ६ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन...
प्रधानसेनापति–चिनियाँ राजदूत भेट

काठमाडौं, असोज ६ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेका छन्। 

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो। चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ। 

प्रकाशित मिति: २१:०४ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्