Kathmandu Press

साहित्यकार तथा समाजसेवी केशवमणिको निधन

साहित्यकार तथा समाजसेवी केशवमणिको निधन

काठमाडौं, असोज ६ : साहित्यकार, लेखक तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय स्वास–प्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।

नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा दह्रो कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको उनका छोरा तारकमणि दीक्षितले बताए । नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा केशवमणिले रुपन्देहीमा शिक्षाको उज्यालो छर्न विशेष योगदान गरेका थिए।

१८ वटा किताब प्रकाशन गरेका आचार्यले रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए । २०५६ सालमा उनले लेखेको ‘विपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टी’ र २०२९ सालमा प्रकासित ‘पुराना सम्झना’ चर्चित बनेका थिए।

श्री ३ महाराज चन्द्र शमशेर राणाको पालादेखि आफ्ना पिता राममणिले बटुलेको शब्दलाई नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘नेपाली भाषाको शब्दकोष’ निकाल्ने तयारीमा रहेको बेला उनको निधन भएको हो।

उनका श्रीमती लिला दीक्षित, दुई छोरा गिरिशमणि दीक्षित र तारकमणि दीक्षित तथा छोरीहरु लैला गौतम र शोभना अर्याल छन् ।

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा