Kathmandu Press

हुम्लाका गणकलाई फाराम भर्न समस्या

सिमकोट, असोज ६ : हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत  सुपरीवेक्षक परिचालन गरिएको छ।जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक...
हुम्लाका गणकलाई फाराम भर्न समस्या
Hardik ivfHardik ivf

सिमकोट, असोज ६ : हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत  सुपरीवेक्षक परिचालन गरिएको छ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिए। उनले भने, ‘गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन्। गणना कार्य जारी छ।’

यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ। सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ।

उनले भने, ‘हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ।’ 

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उहाँले गुनासो गरे।

उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ।’

२०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या ९ हजार ४ सय ७९ र  जनसङ्ख्या ५० हजार ८ सय ५८ थियो।  

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्