Kathmandu Press

‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ७ हजार ३ सय ७९ जनालाई मास्क वितरण

काठमाडौं, असोज ६ : कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा...
‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ७ हजार ३ सय ७९ जनालाई मास्क वितरण
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ७९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ५३ हजार ४ सय ७० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८ सय ६९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ८ हजार ७ सय ३९ जनालाई सचेत गराइएको छ।

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्