Kathmandu Press

प्रशिक्षक तालिम सञ्चालनलाई सम्झौता

काठमाडौं, असोज ६ : वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद सङ्घसँग प्रशिक्षक तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ।वाग्मती प्रदेशले नेपाल...
प्रशिक्षक तालिम सञ्चालनलाई सम्झौता

काठमाडौं, असोज ६ : वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद सङ्घसँग प्रशिक्षक तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ।

वाग्मती प्रदेशले नेपाल ब्याडमिन्टन, नेपाल एथलेटिक्स, नेपाल रग्बी र नेपाल आइटिएफ तेक्वान्दो सङ्घसँग सम्झौता गरेको हो।

वाग्मती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ, तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स सङ्घका तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौतपत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही असोज ९ देखि १३ गतेसम्म हुनेछ। आइटिएफ तेक्वान्दोको तालिम यही असोज १६ र १७ गते रामेछापमा हुनेछ भने रग्बीको असोज १९ र २० गते चितवनमा हुनेछ। 

त्यस्तै आगामी कात्तिक ५ र ६ गते ब्याडमिन्टनको तालिम राष्ट्रिय खेलकुद परिषद्को ९राखेप० कभर्डहलमा हुनेछ। यी चार तालिम सञ्चालनका लागि वाग्मती प्रदेशले रु २० लाख बजेट छुट्याएको छ। 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्