Kathmandu Press

रुक्मशमशेरको स्मृतिमा नेपाल ओलम्पिकद्वारा शोकसभा

काठमाडौं, असोज ६ नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्वअध्यक्ष रुक्मशमशेर राणाको स्मृतिमा आज शोकसभाको आयोजना गरेको छ।राणाको निधन भएको १३औं पुण्यतिथिका अवसरमा कमिटीले सातदोबाटोमा...
रुक्मशमशेरको स्मृतिमा नेपाल ओलम्पिकद्वारा शोकसभा

काठमाडौं, असोज ६ : नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्वअध्यक्ष रुक्मशमशेर राणाको स्मृतिमा आज शोकसभाको आयोजना गरेको छ।

राणाको निधन भएको १३औं पुण्यतिथिका अवसरमा कमिटीले सातदोबाटोमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो। राणाको गत भदौ २५ गते निधन भएको थियो। उनी सन् १९९८ देखि २००७ सम्म ओलम्पिक कमिटीको अध्यक्ष थिए।

उनले राष्ट्रिय खेलकुद परिषद्, फुटबल, तेक्वान्दो, एथलेटिक्सलगायत सङ्घका नेतृत्व  सम्हाल्नुभएको थियो। ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकूदको विकासमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उनलाई जानुपर्ने बताए।

श्रेष्ठले भने, ‘नेपाली ओलम्पिक आन्दोलन यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ।’ 

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले नेपालको तेक्वान्दोको विकासमा उहाँको अतुलनीय योगदान रहेको बताए। त्यस्तै ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले राणा नेपालमा विवादरहित खेलकुद चाहनुहुने व्यक्तित्व रहेको बताए।

कार्यक्रममा राणाको परिवारका सदस्य, ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल सङ्घका अध्यक्ष र सदस्यको उपस्थिति थियो।

प्रकाशित मिति: १६:०० बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्