Kathmandu Press

को हुन् नवनियुक्त परराष्ट्रमन्त्री खड्का ?

काठमाडौं, असोज ६ : नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो।२०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले...
को हुन् नवनियुक्त परराष्ट्रमन्त्री खड्का ?
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो।

२०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए।

२०६४ सालमा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा. खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन्।

२०७० सालमा उनी सहरी विकासमन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए।

उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। राजनीतिक आन्दोलनका क्रममा काठमाडौं र विराटनगरमा पटकपटक पक्राउ पर्नुभएका उहाँ विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए। 

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन्।

अर्थशास्त्रमा विद्यावारिधि उनी नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेको छन्। 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्