Kathmandu Press

देशभर १०९५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो।
देशभर १०९५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं, असोज ४ : पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन् । 

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ। 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्