Kathmandu Press

संसद खुलाउन एमालेबाट सकारात्मक भूमिकाकाे अपेक्षा छ : कानुनमन्त्री कार्की

संसद खुलाउन एमालेबाट सकारात्मक भूमिकाकाे अपेक्षा छ : कानुनमन्त्री कार्की

काठमाडौं, असोज ४ :  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा भएको अवरोधलाई हटाउन आफुले प्रमुख प्रतिपक्षी एमालेका नेतासँग संवाद जारी राखेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार र संसदलाईलाई प्रभावकारी रूपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको स्पष्ट पार्दै एमालेले संसद खुलाउन सकारात्मक भूमिका खेल्नेमा आफू आशावादी रहेको अपेक्षा गरेको उनले बताए। 

‘मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु,’ उनले भने, ‘आज संसद राम्रोसँग चल्ने आशा लिएको थिएँ तर त्यसो हुन सकेन।’ उनले थपे, ‘म अहिले पनि आशावादी छु कि संसद सुचारु हुनुपर्दछ। संसद खुलाउन एमालेबाट सकारात्मक भूमिकाकाे अपेक्षा छ।’

गत बिहीबार मात्र उनले बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए। सो भेटमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो। त्यसअघि पनि उनले ओलीलाई भेटिसकेका छन्। 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्