Kathmandu Press

विद्युतीय गाडीको आयु ३० वर्ष, अन्यको कति?

काठमाडौ, साउन १३ : प्रदेश ३ सरकारले विद्युतीय गाडीको आयु तोकेको छ। प्रदेश सरकारले तोकेको आयुपछि गाडी विस्तापित गर्नुपर्नेछ।

प्रदेश सरकारले व....

विद्युतीय गाडीको आयु ३० वर्ष, अन्यको कति?
एजेन्सी

काठमाडौ, साउन १३ : प्रदेश ३ सरकारले विद्युतीय गाडीको आयु तोकेको छ। प्रदेश सरकारले तोकेको आयुपछि गाडी विस्तापित गर्नुपर्नेछ।

प्रदेश सरकारले विद्युतीय गाडीको आयु ३० वर्ष तोकेको हो। त्यस्तै, अन्य गाडीको आयु २० वर्ष तोकेको छ।

प्रदेश सरकारको निर्णयसंगै अब अन्य गाडी २० वर्षमा र विद्युतीय गाडी ३० वर्षमा अनिवार्य विस्थापन गर्नुपर्नेछ। संघीय सरकारले अन्य गाडीको आयु २० वर्ष तोकेको भएपनि विद्युतीय गाडीको आयु तोकेको थिएन।

प्रदेश ३ को संसद्ले बनाएको ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ मा सवारी साधनको आयु तोकेको हो।

यसअघि डिजेल तथा पेट्रोलबाट चल्ने सार्वजनिक सवारीको आयु २० वर्ष तोकिएको थियो । तर, उक्त कानुन कार्यान्वयनमा आउन भने सकेको थिएन। अन्य सवारीको हकमा भने कुनै समयसीमा तोकिएको थिएन।

‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ परिच्छेद ६ को सवारीसाधन दर्तासम्बन्धी व्यवस्थाअन्तर्गत दफा १९ मा सवारी दर्ता गराउनु पर्ने उल्लेख छ। सोही दफाको उपदफा ४ मा दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीलाई मन्त्रालयले तोकेबमोजिम पत्रु गर्नु पर्ने भएको हो।

त्यस्तै, प्राविधिक रुपमा उपयुक्त देखिएमा उपदफा ४ बमोजिम पत्रु गरिने सार्वजनिक सवारीलाई विद्युतीय तथा वातावरणमैत्री सवारीमा रुपान्तरण गर्न सकिने व्यवस्था समेत गरिएको छ।

यसअघिको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा डिजेल/पेट्रोलबाट चल्ने सवारीलाई वातावरणमैत्री बनाउन पाइने व्यवस्था रहेको थिएन।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्