Kathmandu Press

प्रमुख प्रतिपक्षीसँग सौहार्दपूर्ण वातावरण बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा

प्रमुख प्रतिपक्षीसँग सौहार्दपूर्ण वातावरण बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा
Hardik ivfHardik ivf

काठमाडौं, असोज ४ : अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी एमालेलाई पनि राष्ट्रिय एकतामा समेटेर अघि बढ्ने नीति आफूहरूले अख्तियार गरेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले वार्ता र संवादका माध्यमले प्रमुख प्रतिपक्षी एमालेसँग सौहार्दपूर्ण वातावरण बनाउने प्रयास भइरहेको बताएका हुन्। त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटाले पनि पहल गरिराखेको उनको भनाइ थियो।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निरन्तर वार्तामा जुटिरहेको जानकारी दिए। बजेट लामो समय रोक्दा सबै कुरा ठप्प हुने भएकाले जसरी पनि पारित गर्न बाध्य हुनुपरेको उनको भनाइ थियो।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र विरोधका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिएको छ।

अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारको कुनै पनि योजना नकाटिएको र नरोकिएको जिकिर पनि गरे।  बरु ३ प्रतिशत बजेट राजस्व बढाउने लक्ष्य राखेको उनले बताए।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्