Kathmandu Press

अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन

अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन

काठमाडौं, असोज १ : मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।

विभागको समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उनले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिए।

गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्र समेतको उपस्थिति थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष तथा विभागका महानिर्देशक रामप्रसाद आचार्यले ‘भिसिटिएस’ कार्यान्वयनमा सहयोग गरेकोमा निजीक्षेत्रप्रति सम्मान व्यक्त गरे। उनले राजस्व चुहावट तथा विदेशी विनीमय अपचलनजस्ता कानून विपरितका कार्यलाई हतोत्साही गर्न सम्वन्धित निकायहरूबीच समन्वय राखेर कार्य गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउँदै लैजाने बताए।

प्रकाशित मिति: २०:५२ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्