Kathmandu Press

शिशु हत्याको आरोपमा महिला कारागार चलान

बैतडी, भदौ ३१ : नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ।डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई...
शिशु हत्याको आरोपमा महिला कारागार चलान
Hardik ivfHardik ivf

बैतडी, भदौ ३१ : नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ।

डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो।

सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।   

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत  अदालतमा पेश गरेको थियो। कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ।

उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन्।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्