Kathmandu Press

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष-अप्रत्यक्ष हस्तक्षेपः अध्ययन

सुर्ती उद्योगीको निरन्तर हस्तक्षेपका कारण सुर्तीजन्य वस्तु नियन्त्रण हुन नसकेको एक अध्ययनले बताएको छ ।
सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष-अप्रत्यक्ष हस्तक्षेपः अध्ययन
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : सुर्ती उद्योगीको निरन्तर हस्तक्षेपका कारण सुर्तीजन्य वस्तु नियन्त्रण हुन नसकेको एक अध्ययनले बताएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामै सवैभन्दा कमजोर रहेको प्रतिवेदन पनि दिएको छ ।

सार्वजनिक स्थलमा खुला धुम्रपान र विद्यालयको एक सय मिटर वरपर सुर्तीको अवैध बिक्री वितरणमा रोक लगाउन कार्यान्वयन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

त्यसको मुख्य कारण सुर्ती उद्यमी, व्यवसायीकै प्रत्यक्ष अप्रत्यक्ष हात देखिएको अध्ययनकर्ता एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताए ।

प्रतिवेदन सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालबालिका र महिलाले समेत सुर्ती सेवन गर्ने गरेको तथ्यांकले आफू झस्केको बताइन् ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्वाजिराओ पाण्डवले नेपालमा तीनमध्ये एकजनाले अर्थात एक तिहाइ जनसंख्याले सुर्ती सेवन गर्ने गरेको र त्यसमा ५० प्रतिशत पुरुष रहेको तथ्यांक पेश गरे ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एक दशमलव आठ प्रतिशत सुर्ती सेवनमा खर्च हुने गरेको उनले औँल्याए । बर्सेनि २५ हजार मानिस सुर्ती सेवनपछि लाग्ने रोगका कारण मर्ने गरेको र सुर्तीकै कारण नसर्ने रोग लागेकाहरूको मृत्यु सरदर आयुभन्दा अगावै हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्