Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु    

काठमाडौं, भदौ ३१ : काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङस्थित सडकमा बा३५प ५२५० नम्बरको मोटरसाइकल...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु    
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङस्थित सडकमा बा३५प ५२५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ गैरीगाउँ बस्ने नुवाकोट तादी गाउँपालिका(३ घर भएका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। 

सुनसरीको दुहबी नगरपालिका-९ छाताबेलीस्थित जयबाबा इँटाभट्टा उद्योगको कम्पाउण्डभित्र को१ख ५४५१ नम्बरको टिपरको ठक्करबाट सोही इँटाभट्टामा काम गर्ने भारत वेस्ट बंगाल घर भएका रफिकुल इस्लामकी ९ वर्षीया छोरी बबिता खातुनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्