Kathmandu Press

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप, भदौ ३१ : रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जिप रामेछापको...
रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप, भदौ ३१ : रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जिप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा दुर्घटनामा परेको हो। दुर्घटनामा एक बालक घाइते भएका छन् । 

दुर्घटनामा ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको परियच खुलेको छैन। 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्