Kathmandu Press

भक्तपुरमा नगर सभापतिका लागि उम्मेदवारी घोषणा

भक्तपुर, भदौ ३१ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।  कांग्रेसले जिल्लाका सबै...
भक्तपुरमा नगर सभापतिका लागि उम्मेदवारी घोषणा
Hardik ivfHardik ivf

भक्तपुर, भदौ ३१ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।  

कांग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन्। नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ। दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन्। 

सूर्यविनायक नगर समिति सभापतिमा कांग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्। 

ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेदवारी दिने जनाएका छन्। 

यस्तै राणा नेतृत्वको प्यानलबाट उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमिल्सिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दै छन्। 

ढुङ्गेलले आगामी निर्वाचनमा कांग्रेसलाई भक्तपुरमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको बताए। 

राणाले पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताए।
 

प्रकाशित मिति: ०९:३८ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्