Kathmandu Press

मालपोत र भूमिको काम एकै ठाउँबाट

मालपोत र भूमिको काम एकै ठाउँबाट
Hardik ivfHardik ivf

विराटनगर, भदौ ३० : मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ। विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए। 

विसं २०१३ मा निर्माण भएको मालपोत कार्यालयमा भूमि सुधार कार्यालय पनि सञ्चालनमा आउँदा केही समस्या भए पनि त्यसलाई निराकरण गर्दै जाने मालपोत कार्यालयका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए। मालपोतको सेवा अनलाइन भइसकेको छ र केही दिनपछि भूमि सेवा केन्द्र पनि अनलाइनबाट नै सञ्चालन हुँदा सेवाग्राहीको धेरै समस्या समाधार हुने प्रमुख भण्डारीले आज यहाँ पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बताए।
    
उनले कार्यालयलाई व्यवस्थित एवं मर्यादित बनाउन सबै कर्मचारीको बल र प्रयासबाट मात्र सम्भव हुने भन्दै मालपोतसँग जोडिएका लेखापढी व्यवसायी पनि काममा इमान्दार बन्नुपर्ने धारणा राखे। अहिलेको स्थानमा रहेको मालपोतले ओगटेको जग्गा जिल्ला अदालतलाई हस्तान्तरण भइसकेको जानकारी दिँदै प्रमुख भण्डारीले अब बन्ने मालपोतको भवन सुविधा सम्पन्न हुने र यसबाट सेवाग्राहीलाई सहज हुने धारणा राखे।
    
गएको आर्थिक वर्षमा एक अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल यो कार्यालयमा केही दाता एवं स्थानीय तहको सहयोगमा नागरिक विश्राम कक्ष र शौचालय निर्माणका हुनुका साथै कार्यालयमा बाहिरिया पस्न नदिन सबैतिर सिसाले घेरबार गरिएको प्रमुख भण्डारीले बताए।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्