Kathmandu Press

गण्डकी प्रदेशमा ९२ जना संक्रमणमुक्त

गण्डकी, भदौ ३० : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन्।पछिल्ला...
गण्डकी प्रदेशमा ९२ जना संक्रमणमुक्त

गण्डकी, भदौ ३० : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन्।

पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका–१ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। 

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७१२ जना छ भने होम आइसोलेसनमा एक हजार ५१७ जना रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३६१ जनाको कोरोना परीक्षण गरिएको छ भने ८३ हजार ९३८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। जसमध्ये हालसम्म ८० हजार ८९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्